समाजवादी फोरमका प्रदेश उम्मेदवार काँग्रेस प्रवेश


५ मंसिर २०७४, मंगलवार
nepali congress flag

कठमाडौं: संघीय समाजवादी फोरम नेपालबाट सुर्खेत क्षेत्र नम्बर १ को (ख) प्रत्यक्ष तर्फका उम्मेदवार दिपलाल दमाई (दिलीप) काँग्रेस प्रवेश गरेका छन् ।
मंलबार विज्ञप्ति जारी गर्दै दिलीप काँग्रेसमा प्रवेश गरेको गरेका हुन् । उनले विज्ञप्तिमा नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको सङ्घीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि काँग्रेसबाट मात्रै सम्भव रहेको उल्लेख गरेका छन् ।

nepali congress flag
राष्ट्रियता, स्वाभिमानी, जनताको गौरव र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सुर्खेतको क्षेत्र नं. १ तथा समग्र जिल्ला, प्रदेश हुँदै देशको विकास र सम्मृद्धिका लागि काँग्रेसका नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेसमा प्रवेश गरेलगत्तै दिलीपले लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति, प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने भएकाले त्यसका लािग लोकतान्त्रिक गठबन्धनको चुनाव चिन्ह रुखमा छाप लगाई उम्मेदवारहरुलाइ विजयी गराउन मतदातासंग आह्वान समेत गरेका छन् ।
प्रदेश सभा क्षेत्र (ख)मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका झकबहादुर डाँगी उम्मेदवार रहेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७