सवारी चालक अनुमतिपत्र वितरण अनिश्चितकालका लागि बन्द
काठमाडौं: सरकारले सवारी चालक अनुपतिपत्र ‘लाइसेन्स’ प्रक्रिया अनिश्चितकालकाका लागि स्थिगित गरेको छ । यातायात व्यवस्था विभागले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिएको कारणले ट्राइल दिएर लिनुपर्ने लाइसेन्स व्यवस्था रोकेको हो ।
निर्वानका लागि ट्राफिक प्रहरी र कर्मचारीहरू जिल्ला जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको यातायात विभाग सवारी चालक अनुमतीपत्र कार्यालय तिनकुनेले जानकारी दिएको छ । ट्राफिक प्हरीहरु निर्वाचनमा खटिएकाले लाइसेन्स वितरण कार्यमा ट्रायल हेर्न ट्राफिक प्रहरीनै आवश्यक पर्ने भएकाले मङ्सिर दोस्रो चरणमा हुने निर्वाचन २१ गते सम्मका लागि बन्द गरेका गरेको जानकारी दिएका छन् ।
काठमाडौँका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएको हो । तर, लाइसेन्स नवीकरण भने नरोकिने जानकारी दिएका छन् । निर्वाचन सकिए लगतै सेवा प्रदान गर्ने जानकारी दिए पनि चुनाव लगत्तै देश प्रदेशको संरचनामा जाने भएकाले संविधानमै लाइसेन्स वितरण स्थानीय तहबाटै वितरण गर्ने उल्लेख भएकोले केही अन्योलमा पर्ने देखिन्छ ।