सेकेण्ड ह्याण्ड कार किन्दै हुनुहुन्छ ? पहिला यी कुरा बुझ्नुस्


१६ मंसिर २०७५, आईतवार
car

काठमाडौं, १६ मंसिर । के तपाईसँग नयाँ कार किन्न पैसा अगुग भयो ? अनि सेकेण्ड ह्याण्ड कार किनेर भए पनि आफ्नो आवश्यकता पूरा गर्दै हुनुहुन्छ ? यहि यसो हो भने तपाई केहि कुरामा पहिला ध्यान दिन जरुरी छ ।

car

किनकी केहि कुरा नबुझी सेकेण्ड ह्याण्ड गाडीमा पैसा फसाउनु भन्दा पनि केहि कुरा बुझेर ढुक्क भएर लगानी गर्नु बुद्धिमानी हुन्छ ।

यदि तपाई कम्पनीको डिलरबाट नयाँ कार किन्नु हुन्छ भने, त्यसमा कम्पनीले गाडीको कन्डिसन र क्वालीटीको विश्वसनीयता तथा बर्षौको वारेन्टी समेत दिएको हुन्छ । तर, सेकेन्ड ह्याण्ड कार खरिद गर्दै हुनुहुन्छ भने ठगिने सम्भावना धेरै हुन्छ ।

रिकन्डिसन सवारी बिक्री गर्ने रिकन्डिसन हाउसहरुले गाडीको कन्डिसन तथा गुडेको किलोमिटर झुक्काउने सम्भावन धेरै रहन्छ । यस्ता गाडीहरुमा बिक्रेताले कुनै वारेन्टी वा ग्यारेन्टी समेत दिदैनन् । पछि केही समस्या आएमा सम्पूर्ण जिम्मेवारी तथा अतिरिक्त मर्मत खर्च पनि आफै व्यहोनुपर्ने हुन्छ ।

त्यसैले पुरानो गाडी किन्दा केही विषेश कुराहरुमा ध्यान दिएमा सहि मुल्यमा राम्रो गाडी समेत किन्न सकिन्छ ।

गाडीको बाहिरी बनावट

गाडीको बाहिरी आवरणको कलर राम्रोसँग चेक गर्नुपर्छ । यदि गाडी कुनै ठूलो दुर्घटनामा परेको हो भने त्यसमा डेन्टिङ्ग पेन्टिङ्ग गरिएको हुन्छ । डेन्टिङ्ग गर्दा समान सतह बनाइएको हुन्छ भने चोट लागेको स्थानमा पुन पेन्टिङ्ग गरिएको हुन्छ । तर कम्पनीको मेशिनले लगाएको पेन्ट भन्दा पछि मिस्त्रीहरुले लगाएको पेन्टमा केही न केही फरक अवश्य हुन्छ ।

car 1

त्यस्तै सबै ढोकाहरुलाई खोलेर सबै सिलहरु कम्पनीले लगाएको वा पछि वेडिङ्ग गरेको हो राम्रोसँग हेर्नुपर्छ । गाडी साइडबाट दुर्घटनामा पर्दा ढोकाहरुमा असर परेको हुन सक्छ ।

अगाडि वा पछाडिबाट ठक्कर खाएको हो भने अगाडि बर्नट वा पछाडिको बुट स्पेसमा असर परेको हुन सक्छ । त्यसकारण बर्नट र बुटस्पेस खोलर सबैतिर चेक गर्नू पर्छ ।

टायरको निरीक्षण

सेकेण्ड ह्याण्ड गाडीहरुमा सबभन्दा धेरै म्यानुपुलेट गर्ने भनेको कार चलेको किलोमिटर हो । कार ५०–६० हजार किलोमिटर चलेको छ भने पनि सजिलै २०–२५ हजार किलोमिटरमा परिवर्तन गर्न सकिन्छ । यस्तो अवस्थामा कारको टायर हेरेर निक्योल गर्न सकिन्छ ।

यदि गाडी कम किलोमिटर चलेको भनिएको छ र टायर धेरैनै घोटिसकेको छ भने त्याँहा पक्कै केही बदमासी गरेको हुनसक्छ । त्यस्तै कम्पनीले फिट गरेको वरिजीनल टायर हो वा होइन त्यसबाट पनि गाडी गुडेको किलोमिटर अनुमान लगाउन सकिन्छ ।

इन्जिनको सफाई र कन्डिसन

बर्नट खोलरहेर्दा इन्जिनको वरिपरि आयल लिक भएर धेरै धुलो र फोहोर टासिएको छ भने त्यो इन्जिन चाडैनै मेन्टिनेन्स गर्नुपर्ने हुनसक्छ । त्यस्तै कारलाई स्टार्ट गरेर इन्जिनको आवाज पनि राम्रोसँग सुन्नु पर्छ । इन्जिन स्टार्ट गर्दा धुवाँ फालेको छ वा छैन राम्रोसँग याद गर्नु पर्छ ।

यदि देखिने गरेर धुवाँ फालेको छ भने, इन्जिनमा समस्या हुन सक्छ । स्टेरिङ्गलाई पनि पूरा दायाँ बायाँ घुमाएर चेक गर्नु पर्छ । यदि स्टेरिङ्गलाई पूरा मोड्दा चुइचुइ आवाज आउछ भने स्टिेरिङ्ग र्याकमा समस्या छ भनेर बुझ्न सकिन्छ ।

इन्टेरियरको जाँच

तपाईले किन्न चाहनु भएको कार बाहिरबाट जतिनै टल्किए पनि भित्री इन्टेरियर सफा भएन भने त्यसको महत्व खासै हुँदैन । त्यसैले इन्टेरियर चेकगर्दा कारमा उपलब्ध सबै फिचरहरु चलाएर हेर्नु पर्छ । सबै सुइचहरुले राम्रोसँग काम गरेको छ वा छैन ध्यान दिन जरुरी हुन्छ ।

टेस्ट ड्राइभ गरेर हेर्ने

कारको सबै पक्ष हेरेर चित्त बुझेपछि टेस्ट ड्राइभ गरेर हेर्नु पर्छ । यदि तपाई नयाँ चालक हो भने अनुभबी व्यक्तिलाई टेस्ट ड्राइभ गराउनु पर्छ । कार चलाउँदा गियर सिफ्ट गर्न कतिको सजिलो छ, क्लचले र ब्रेकले कतिको काम गरिरहेको छ, स्टिेरिङ्ग सिधा बस्छ वा बस्दैन यी कुराहरुमा राम्रोसँग याद गर्नु पर्छ ।

सानो गियरमा चलाउदा कतिको भाईब्रेसन आउछ, कच्चीबाटोमा क्याविनमा कति आवाज आउछ सबै चेक गरेर गाडी किन्ने हो भने ठगिनबाट बच्न सकिन्छ । यसरी चेकगर्दा ढोका तथा सिसा सबै बन्द गरेर गर्नु उपयुक्त हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७