१५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभर मनाइयो


१९ मंसिर २०७५, बुधबार
0 Shares
Nepal Helath

काठमाडौं, १९ मङ्सिर । देशभरका महिला स्वास्थ्य स्वयंसेविकाहरूले १५ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएकाे छ । ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वास्थ्य, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ मुलुक भरका महिला स्वास्थ्य स्वयंसेविकाहरुले बुधबार दिवस मनाएका हुन् ।

Nepal Helath

वि.स २०४५ सालमा स्वासथ्य सेवामा महिलाहरूको सहभागिता जुटाउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सञ्चालन हुँदै आएको छ । अहिले सम्म देश भर ५१,४२० जना महिला स्वास्थ्य स्वयं सेवीका कार्यरत छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पिल्स, कण्डम, आइरन ट्याबलेट जस्ता औषधि वितरण गरेको छ । साथै यस दिवसको अवसरमा चेतना मूलक कार्यक्रम र सेवा ग्रहण गर्नेहरूको तथ्याङ्क पनि सङ्कलन गरिएको छ ।

कार्यक्रमलाई मर्यादित बनाई उच्च जन्मदर, शिशु तथा वाल मृत्युदर र मातृ मृत्युदर कम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।

jagdamba.cement
rbbbb

महिला स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजन, खोप, गर्भवती जाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउन परामर्श, मायाको अङ्गालोबारे जनचेतना, शिशु सुरक्षाका लागि नाभी मलम, सुत्केरी पछि आमाको रक्तश्राव रोक्न मिसोप्रोस्टल ट्याब्लेट वितरण, भिटामिन ए वितरण, झाडापखालाका बिरामीहरूलाई पुर्नजलिय झोल तथा जिङ्क वितरण जस्ता महत्त्वपूर्ण कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७