गगन थापाको भूमिकाबाट कांग्रेसका नेताहरु नै सशंकित


२० मंसिर २०७५, बिहीबार
0 Shares

काठमाडौ, २० मंसिर । नेपाली कांग्रेसका युवानेताको रुपमा चर्चा कमाएका केन्द्रीय सदस्य गगनकुमार थापाको भूमिका र गतिविधिबाट पार्टीका शीर्षदेखि बरिष्ठ नेताहरु समेत संशकित बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य मन्त्री हुँदा विभिन्न मेडिकल कलेजमा एमबीबीएसको कोटा उपलब्ध गराउँदा र उपकुलपति नियुक्ति गर्दा नजराना लिएर आर्थिक रुपमा मजबुद भएका गगन थापा यतिवेला आगामी महाधिवेशनलाई लक्षित गर्दै महामन्त्रीको सपना देख्न थालेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT


पद र शक्तिका लागि जुनसुकै समूह, गुट र व्यक्तिसँग सम्झौता गर्न माहिर मानिएका गगनको भूमिकाबाट यतिवेला सभापति शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल हुँदै कृष्णप्रसाद सिटौला पनि आजित भएका छन् ।

मन्त्री हुँदा सभापति देउवाका पृष्ठपोषक जस्तै भएका थापाले गत बर्ष पार्टीले निर्वाचनमा शर्मनाक हार बेहोरेपछि सभापति देउवाको राजीनामा मागेका थिए । निर्वाचनमा पार्टीले बेहोरेको हारलाई स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै गगनले एक दर्जन युवानेतालाई भेला गरेर देउवाविरुद्ध अभियान नै चलाएका थिए ।

jagdamba.cement
rbbbb

देउवाविरुद्ध मोर्चाबन्दी गरेपछि थापासँग देउवाको सम्बन्ध विग्रिएको थियो । थापाले देउवाको व्यक्तिगत रुपमा आलोचना गर्न थालेपछि देउवाले ज्वाईँलाई सम्झाउन केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई समेत भनेका थिए । तर, केसीले ज्वाईँलाई सम्झाउनुको सट्टामा देउवाबिरुद्धको मोर्चाबन्दीलाई बलियो बनाएका थिए ।


दोश्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारको समयसम्म आउँदा बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थापाले त्यहाँ आफूले महामन्त्रीको उम्मेदवार पाउने सम्भावना नदेखेपछि तत्कालीन पार्टी महामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलासँग गुट खडा गरेका थिए ।

सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवारी दिएर ससुरा अर्जुननरसिंह केसी र बीपी पुत्र डा. शशांक केइरालालाई पराजित गर्न मनसुवा राखेका थापा त्यस्तो लक्ष्य प्राप्त गर्न नसकेर थन्किएका थिए ।


अहिले आएर थापा सिटौला गुटबाट अलग हुन थालेका छन् । दोहो¥याएर मन्त्री बन्ने गगनको उद्देश्यलाई सिटौलाले ब्रेक लगाएपछि गत बर्ष असारदेखि नै थापा सिटौलाबाट टाढिएका थिए । पछिल्लो समय गगनले युवा नेताको मोर्चाबन्दीको नाममा गरेको गतिविधिबाट समेत सिटौला चिढिएका छन् ।

गगन सिटौलाबाट आफ्नो मनसुवा पुरा हुने नदेखेपछि अहिले फेरि कोइराला परिवारका सदस्यको शरणमा पुगेका छन् । गगनले दुई साताअघि मात्र गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला र नोना कोइराला पुत्र डा. शेखर कोइरालासँग एक घण्टासम्म गोप्य छलफल र सल्लाह गरेका थिए ।


महामन्त्री शशांक कोइरालासँगको सम्वन्ध बनाउन नसकेका गगनले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई समेत भ्रममा पारेर आफूसँगै महामन्त्रीमा एक अर्कालाई सघाएर अघि बढ्ने प्रस्ताव अघि बढाएका छन् ।


गगनले विगत ६ महिनादेखि लौहपुरुष गणेशमान सिंहका छोरा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि सहकार्य गर्न थालेका छन् । उनले आफ्नै गुरु भीमसेनदास प्रधानलाई असहयोग गर्ने सिंहसँग लगनगाँठो जोडेका हुन् । गगन यतिखेर चौतर्फी सम्बन्ध बनाउँदै तपाईँहरुलाई सहयोग गर्ने हो तर मलाई महामन्त्री चाहियो भन्दै हिँडेका छन् । गगनको यो चरित्र देखेर अर्का महामन्त्री पूर्णबहादुर खड्का पनि आजित भएका छन् । उनले आफूलाई प्रत्यक्षतर्फ महामन्त्रीमा उम्मेदवार बनाएमा देउवा गुटमा समेत आउने बताएका थिए ।


संस्थापन र संस्थापनइत्तर पक्षका हरेक नेतासँगको सहकार्य गर्दै आएका गगनको व्यवहारबाट अर्का नेता गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी समेत आजित भएका छन् । गगनको एक्लै अघि बढ्ने स्वभावबाट डा. मिनेन्द्र रिजाल पनि सशंकित बनेका छन् ।

अर्का नेता अमरेसकुमार सिंहलाई त घुम्टो ओडेर घ्यु खाने चरित्रको भनेर आलोचना गर्ने गरेका छन् । गगनले हालै सरकारको असक्षमताको बिषयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम मुछेका छन् । उनले यस्तो हर्कत गर्नुको पछि दुई बर्षअघि प्रहरीसँगको इन्काउण्टरमा मारिएका घैंटे उर्फ कुमार श्रेष्ठको प्रतिशोध मात्र भएको कांग्रेसका युवानेताहरुले नै बताउन थालेका छन् ।

घैंटेलाई इन्काउण्टर गरी मारेको घटनालाई लिएर गगनले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी बोकेर गएका थिए । जुन प्रकरणले सामाजिक सञ्जालमा उनको बद्नाम भएको थियो ।

यो समाचार आजको युनाइटेड पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७