स्पष्टिकरणका लागि नेपाल फर्किइन् राजदूत शेर्पा

काठमाडौं, २२ मंसिर । आफूमाथि लागेको संगीन आरोपका विषयमा स्पष्टिकरण दिन अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् ।

राजदूत शेर्पामागि लागेको आरोपका विषयमा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शेर्पा शनिबार अष्ट्रेलियाबाट नेपाल हिंडेकी हुन् ।
राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवादमा परेकी हुन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्य तथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको हो ।
छोटो समयमा कुतनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै गम्भीर बनेको हो ।
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाई समेत यता ल्याउन थप पैसा मागेका उनका पूर्व चालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन् ।
आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले बताएका छन् ।
राजदुतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएकी छन् ।
बिभिन्न सञ्चारमाध्यममा राजदूतका विषयमा आरोप आउन थालेपछि मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।
‘बिभिन्न मिडियामा आएका विषयमा हामीले सत्य तथ्य बुझ्न उनलाई काठमाडौं बोलाएका हौ,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने । ‘मिडियामा एकोहोरो आरोप मात्र आउन थालेपछि यस विषयमा मन्त्रालयलाई जानकारी दिन म स्वयम् नेपाल जान लागेकी हुँ,’ शेर्पाले भनिन् ।