१० रुपैंयाँमै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन


२२ मंसिर २०७५, शनिबार
0 Shares
kapada

ललितपुर, २२ मंसिर । के तपाइँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडा, पुस्तक, स्टेशनरीका सामग्रीहरु कहाँ व्यवस्थापन गर्ने भन्ने समस्यामा हुनुहुन्छ ?

kapada

त्यसो भए होस्टे हैंसे नामक संस्थालाई खबर गरिदिनुहोस् । संस्थाका स्वयंसेवकहरुले ती सामग्री लगेर बिक्री गरी त्यसबाट हुने आम्दानीले गरीब, अनाथ, बालबालिकालाई अध्ययनको खर्च जुटाइदिन्छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो संस्थाले यसरी नै सङ्कलन गरेका सामग्रीहरु बिक्री गरी प्राप्त आम्दानीबाट विगत चार वर्षदेखि सर्लाही जिल्लामा चार वटा विद्यालयको स्थापना गरी दुई हजार विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म अध्ययनको अवसर प्रदान गरेको छ ।

सर्लाहीका पडेरिया, सहोडवा, धनगढा र श्रीपुर विद्यालयको स्थापना गरी त्यहाँ अध्ययनरत विद्यार्थीलाई वार्षिक रु तीन हजारको खर्चमा पढाउने गरिएको सो संस्थाकी सस्ंथापिका सुलोचना श्रेष्ठ शाहले बताइन् ।

jagdamba.cement
rbbbb

उनका अनुसार २०७२ सालको भूकम्पपछि विद्यालय सञ्चालनका लागि जनस्तरबाटै यसरी रकम सङ्कलन गर्न थालिएको हो ।

चार वटा विद्यालय सञ्चालन गर्न वार्षिक रु ६० लाख खर्च हुने गरेको र सो रकम यसरी नै सामग्री बिक्री गरी सङ्कलन गर्ने गरिएको संस्थाका कार्यकारी निर्देशक कृष्ण शाह बताउँछन् । विपन्न, दलित र पिछडिएका समुदायका विद्यार्थीले मात्र अध्ययन गर्न पाउने ती विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।

प्रत्येक शुक्रबार जावलाखेल भनीमण्डलस्थित एनसेल कार्यालयसँगै डा. ऋषि शाहको घर कम्पाउन्डभित्र कपडालगायत अन्य उपभोग्य वस्तु बिक्रीका लागि राख्ने गरिएको छ ।

नेपालमा रहेको विदेशी नागरिक तथा अन्य व्यक्तिहरुबाट सङ्कलन गरी ल्याइएको ती सामग्रीहरु खरीद गर्न आउनेको भीड नै लाग्दछ ।

रु १० देखि १०० सम्ममा आवश्यकताअनुसारका स्तरीय सामग्री खरीद गर्न सकिने भएकाले विभिन्न उद्योग कारखाना, कार्यालयमा कार्यरत कर्मचारीदेखि सर्वसाधारण समेत आउने गरेको संस्थाकी कार्यकारी सहायक प्रतिमा न्यौपाने बताइन् ।

सभ्य र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले २०४६ सालमा स्थापना भएको यस संस्थाले शिक्षा र सशक्तिकरणमार्फत दिगो सामुदायिक विकासका क्रियाकलापहरु गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७