कर्मचारी अध्यादेश राष्ट्रपतिबाट जारी, यसरी झुक्याइयो कर्मचारीलाई


२३ मंसिर २०७५, आईतवार
karma

काठमाडौं, २३ मंसिर । संसद छलेर सरकारले शीतल निवास पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

karma

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन् ।

संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । यसअघि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको बारे जानकारी समेत गराएको थिएन ।

बिहीबारको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो निर्णय लुकाएका थिए । उनले अध्यादेशबारे मन्त्रिपरिषदले निर्णय गरेको कुरा आफूलाई जानकारी नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७