शैक्षिक नीजिकरण बिरुद्ध माइतीघरमा प्रर्दशन (फोटो फिचर)


२५ मंसिर २०७५, मंगलवार
student protests 1

काठमाडौं, २४ मंसिर :  शैक्षिक नीजिकरण बिरुद्ध विद्यार्थीहरुले काठमाडौं माइतीघरमा प्रर्दशन गरेका छन् । दलाल र माफियाहरुले शैक्षिक क्षेत्रलाई पनि व्यापारिकरण गरेको भन्दै उनीहरुले त्यसको बिरोध गरे ।

student protests 1



कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत सम्पुर्ण विद्यार्थी संगठनहरुको आयोजनमा मंगलबार भएको बिरोध प्रर्दशनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी नेतादेखि नेपाल विद्यार्थी संघका नेताहरुसम्म थिए । उनीहरुले चिकित्सा शिक्षामा जस्तै कृषि शिक्षामा पनि माफियाकरण र सिण्डिकेटक भएको भन्दै बिरोध गरे ।

पछिल्लो समयमा कृषि र वन विज्ञान शिक्षामा दलाल र माफियाहरु हाबी भएको भन्दै विद्याथीहरुले आन्दोलन गरीरहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई दिएको सम्बन्धन दिएको भन्दै त्यसको तिव्रबिरोध भएको छ ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिलकी सचिव आरती लामाले शिक्षालाई नीजिकरण र व्यापारीकरण गरेर समाजवादको बाटो नभेटिने बताइन् । लामाले कम्युनिष्ट सरकार भएका बेलामा सामुदायिक विद्यालय र आंगिक क्याम्पस नै शिक्षाको मूल थलो बन्नुपर्ने बताइन् ।

कार्यक्रममा अखिल क्रान्तीकारीका उपमहासचिव मिलन बिसीले नीजिकरण बिरुद्ध शसक्त्त आन्दोलन गर्ने बताए ।  कृषि विश्वविद्यालयले असारमा दिएको सम्बन्धन गत साउनमा सरकारले खारेज गरेको विरोधमा निजी कलेज सञ्चालकहरूले अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । अदालतले पनि नीजिकरणको पक्षमा फैसला गरे थप आन्दोलन गर्ने विद्यार्थीहरुको चेतावनी छ ।

student protests 7
student protests 6
student protests 5
student protests 4
student protests 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७