शाहरुखको स्टारडम ओरालोतिर, ‘जिरो’ को जिरो समीक्षा


९ पुष २०७५, सोमबार
Zero 759 onlinepana

काठमाडौं, ९ पुस । अभिनेता शाहरुख खानको वर्ष २०१८ को एक मात्र फिल्म हो ‘जिरो’ । यस वर्षको प्रदर्शन भएको यस फिल्ममार्फत शाहरुख खान दर्शकहरुको मन जित्न चाहन्थे । तर शाहरुख खानले जति धेरै अपेक्षा राखे पनि उनको त्यो अपेक्षा पूरा हुन सकेन ।

Zero 759 onlinepana

शाहरुख खान, अनुष्का शर्मा र कट्रिनाको अभिनयको जति तारिफ भइरहेको छ, यस फिल्मको कहानीको त्यति नै आलोचना भइरहेको छ ।

शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिनमा २०.१४ करोडको व्यापार गरेको छ । फिल्म जिरोलाई अभिनेता शाहरुख खानको अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म रहेको बताइएको छ ।
२०० करोड रुपैयाँको लगानीमा बनेको यस फिल्मले प्रदर्शनको दोस्रो दिन भने १८.२२ करोड रुपैयाँको व्यापार गरेको छ । यस अनुसार जिरोले दर्शकलाई फिल्म हलतर्फ आकर्षित गर्न असफल भएको छ ।

भारतीय फिल्म समीक्षक तरण आदर्शले यस फिल्मलाई एक असफल फिल्म भन्दै १.५ स्टार मात्रै दिएका छन् । यस फिल्मको नकारात्मक समीक्षाका कारण यसको व्यापारमा गिरावट आएको बताइएको छ ।

यस फिल्मले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार २०.१४ करोड र दोस्रो दिन शनिबार १८.२२ करोडको व्यापार गदै जम्मा ३८.३६ करोडको व्यापार गरेको छ । साथै ‘जिरो’ को तेस्रो बक्स अफिस कलेक्सनमा अझै गिराउट आउनसक्ने चर्चा समेत भइरहेको छ ।

फिल्म ‘जिरो’ मा शाहरुख खान एक पुड्का युवकको भूमिकामा छन् । यस कारण पनि शाहरुखको फिल्म ‘जिरो’ अहिलेसम्मकै विशेष फिल्म रहेको बताइएको थियो तर फिल्म प्रदर्शनपछि यस फिल्मले दर्शको मन जित्न भने सकेन ।

यस अघि प्रदर्शन भएका शाहरुख खान अभिनित फिल्म ‘फ्यान’, ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा फ्लप भएका थिए । एकपछि अर्को गर्दै फ्लप फिल्म दिइसकेका शाहरुख खानको पछिल्लो फिल्म ‘जिरो’ ले समेत दर्शकलाई निराश बनाएको हेर्दा यतिबेला ‘के अब शाहरुख खानको स्टारडम सकिएकै हो त ?’ भन्ने विषयमा समेत बलिउडको फिल्मी वृत्तमा चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७