सलमानलाई इण्डियन आइडलको सिजन १० को उपाधि


९ पुष २०७५, सोमबार
salman1

काठमाडौं, ९ पुस । सलमान अली इण्डियन आइडल सिजन–१० को विजेता बनेका छन् ।
नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् ।

salman1

‘म अभिभूत र अवाक छु,’ उपाधि जितेपछि सलमानले भने, ‘मैले अझै पनि उपाधि जितेको पत्याउन सकेको छैन । मेरो सपना साकार पारेको लागि इण्डियन आइडल र सोनी एन्टरटेनमेन्टलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै, मेरो लागि भोट गर्ने सबैलाई मनदेखि धन्यवाद दिन चाहन्छु ।’

https://youtu.be/-3BaNe0d7Ho

अडियन्सको प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि नै आफ्नो शक्तिशाली स्वरले सबैको मन जित्न सफल भएका थिए ।

सलमानले करिब दुई करोड भोट पाएका थिए । फाइनलमा जिरो चलचित्रको टोली शाहरुख खान, कटरिना कैफ र अनुष्का शर्माको पनि उपस्थिति रहेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७