कसले मिलायो मन्त्री यादव र सचिव चौधरीलाई ?


१० पुष २०७५, मंगलवार
Upendra yadav @ puspa

काठमाडौं, १० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा डा. पुष्पा चौधरीलाई कुनै हालतमा स्वीकार नगर्ने पक्षमा पुगेका उपप्रधानमन्त्री उपेन्द्र यादव अन्ततः उनको पक्षमा पुगेका छन् ।

सचिव चौधरीले सरुवामा घुस लिने गरेको र ठेक्कापट्टामा समेत चासो राख्ने गरेपछि उनलाई गएको कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि चौधरीले रिट दायर गरिन् । सर्वोच्च अदालतले उनलाई सरुवा नगर्न अन्तरिम आदेश दियो । उनी अन्तरिम आदेश दिएपछि मन्त्रिपरिषद कार्यालयको पत्र नै नलिई स्वास्थ्यमा हाजिर भइन् ।

मन्त्री यादवले भने सचिवको अख्तियारी सबै निमित्त सचिव डा. सुशील प्याकुरेललाई दिए । सचिवको कार्यकक्षमा भने डा चौधरी नै बस्दैआएकी थिइन् । पछि सरकारले स्वास्थ्य सचिवमा चिकित्सक नै हुनुपर्ने क्लस्टर हटाई प्रधानमन्त्री कार्यालयमा स्वास्थ्यको विशेषज्ञ दरबन्दी राख्यो । स्वास्थ्य मन्त्रालयमा प्रशासन समूहका सचिव केदारबहादुर अधिकारीलाई सरुवा ग¥यो । त्यसपछि पुनः सर्वोच्च अदालतले डा. चौधरीलाई स्वास्थ्य मन्त्रालयमै कायम राख्न दबाब दियो । सचिव चौधरी पुनः केदारबहादुर अधिकारी नभएको समयमा सचिवको कुुर्सीमा गएर बस्न थालिन् । तर मन्त्री यादवले उनलाई हाजिर नगराउनू भन्दै थिए । तर एकाएक सोमबारबाट मन्त्री यादवले उनलाई हाजिर गराउन सचिव केदारबहादुर अधिकारीलाई निर्देशन दिएका छन् ।
डा. पुष्पा चौधरीले पछिल्लो अदालतको आदेशपछि आफूलाई स्वास्थ्यमै थमौती गराउन संघीय समाजवादी फोरम २ नम्बर प्रदेश अध्यक्ष रेणु यादवसँग गएर रुवाबासी गरिन् । स्वास्थ्य मन्त्रायलका सहसचिव महेन्द्र श्रेष्ठमार्फत् फोरमका नेता राजेन्द्र श्रेष्ठ र मन्त्रीका सल्लाहकारमार्फत् फोरम सहअध्यक्ष अशोककुमार राईसँग पनि अनुनय विनय गरेपछि सबैको आग्रहमा मन्त्री यादवले उनलाई सोमबारबाट हाजिर गराउन निर्देशन दिएका हुन् ।

सचिव चौधरीलाई कुनै हालतमा ल्याउने पक्षमा नरहेका मन्त्री उपेन्द्र यादव गल्नुमा उपकरण सप्लायर्स विशाल पण्डितमार्फत् ठूलै रकमको डिल भएकाले हो भन्नेहरु पनि स्वास्थ्यमा छन् । ब्यापारी विशाल पण्डित स्वास्थ्य मन्त्रालय अन्तर्गतका उपकरण आपूर्ति र मर्मतको नाममा बार्षिक ५० औं करोडको कारोबार गर्दछन् ।

सचिव चौधरीले पण्डितलाई उपकरण सप्लाइको ठेक्का दिनेगरी मन्त्रीलाई ठूलै आर्थिक सहयोग गर्ने बाचाबन्धन गरेपछि कुरा मिलेको स्रोतको दाबी छ । स्रोतका अनुसार कुनै हालतमा हाजिर गराउन तयार नभएका मन्त्री यादव एकाएक उनका पक्षमा आउनुमा ब्यापारी पण्डितबाट भएको प्रतिबद्धताले काम गरेको छ । यसमा सबैभन्दा ठूलो पीडा १५ दिनअघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएका सचिव केदारबहादुर अधिकारीलाई परेको छ । सचिव अधिकारीलाई ल्याएर जोकर बनाउने काम मन्त्री यादवले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७