सहसचिवको ज्येष्ठता सूची सार्वजनिक, एक नम्बरमा भ्रष्टाचार मुद्दामा मुछिएका चुडामणि शर्मा (नामावलीसहित)


१० पुष २०७५, मंगलवार
samanya

काठमाडौं, १० पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठताका आधारमा समायोजन हुने कर्मचारीहरुको सूची सार्वजनिक गरेको छ ।

samanya

कर्मचारी समायोजनलाई अगाडि बढाइरहेको मन्त्रालयले सार्वजनिक गरेको सहसचिवहरुको सूचीमा ज्येष्ठताका आधारमा एक नम्बरमा भ्रष्टाचार मुद्दामा मुछिएका चुडामणि शर्माको नाम रहेको छ ।

मन्त्रालयले शुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । २ सय २५ जनाको नामावलीको पहिलो नम्बरमा सहसचिव शर्मा छन् । तत्कालीन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर २१ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पक्राउ गरी अनुसन्धान गरेको थियो । अख्तियारले उनीलगायत कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसँग जनही ३ अर्ब रुपैयाँ धरौटी मागेको थियो । अख्तियारको कारबाही विरुद्ध शर्माले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले उनीसँग ३ अर्ब धरौटी माग्नु कानुनसम्मत नभएको भन्दै उनलाई विनाधरौटी नै रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले विनाधरौटी छाड्न आदेश दिएपछि अख्तियारले उनीविरुद्ध अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ । सहसचिव शर्मा अतिरिक्त समूहमा छन् ।
शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २ सय २५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।
सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार ज्येष्ठतालाई मानेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले शुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै लगिने जानकारी दिएका छन् ।

कर्मचारी समायोजनलाई अगाडि बढाइरहेको मन्त्रालयले सार्वजनिक गरेको ज्येष्ठ कर्मचारीहरु सहसचिवको ज्येष्ठ सूचीको एक नम्बरमा भ्रष्टाचार मुद्दामा मुछिएका चुँडामणि शर्माको नाम रहेको छ ।

मन्त्रालयले शुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । २२५ जनाको नामावलीको पहिलो नम्बरमा चुँडामणि शर्मा छन् । तत्कालीन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।

शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार ज्येष्ठतालाई मानेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले शुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै लगिने जानकारी दिएका छन् ।
यस्तो छ सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७