‘तारे होटलमा मोज गर्ने ठूलाबडालाई नदेख्ने, सामान्य होटलमा बसेका जोडीलाई खोजी-खोजी पक्रिने ?’


२९ पुष २०७५, आईतवार
jyoti magar

काठमाडौं, २९ पुस । गायिका ज्योती मगर जहाँ गयो त्यतै चर्चा हुन्छ । उनको गायन शैली, हाउभाउ, फेसन र उत्ताउलो बोलीका कारण ज्योती मगरको प्रशंसा भन्दा बढी आलोचना हुने गर्छ ।

jyoti magar

अर्घाखाँचीमा आयोजित महोत्सवमा आफ्नो प्रस्तुती दिंदै गायिका ज्योती मगरले प्रहरी प्रशासनलाई चुनौतीपूर्ण प्रश्न तेस्र्याएकी छन् । उनले प्रहरीले होटलमा बसेका जोडीलाई पक्रेर अनावश्यक रुपमा दुःख दिने गरेको भन्दै प्रहरीको यो कार्यप्रति आपति जनाइन् ।

उनले प्रहरीलाई प्रश्न गर्दै भनिन्, ‘तारे होटलमा रात दिन मोज गर्ने ठूलाबडालाई चाहिं नदेख्ने अनि सहमतिमै सामान्य होटलमा बसेका जोडीलाई चाहीं खोजी खोजी पक्रिने ?’

jyoti magar

उनले ६ महिनासम्म निर्मला पन्तको हत्यारा पक्रन नसक्ने प्रहरीले सहमतिमा बसेका जोडीलाई दुःख दिने अधिरका नभएको समेत बताइन् । चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुती दिन पुगेकी ज्योतीको अरुबेला भद्दा प्रस्तुतीले चर्चा पाउने भए पनि यो पटक भने उनको यो समसामयिक र गम्भिर प्रश्नले चर्चा पायो ।

महोत्सवमा उनले आफ्नो ढाडे विरालो बोलको गीत विवादमा परेको सुनाउँदै तर, धेरै स्रोतले यो गीत मन पराएको दावी पनि गरिन् । गायिका ज्योती मगरसँग पुषोतम पौडेल, धावा लामा, इन्द्रिरा गैरै, सुनिल गिरीलगायतका कलाकारले आ–आफनो प्रस्तुती दिएर महोत्सवको माहौल तताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७