सृष्टि खड्काले अभिनय गरेको हिन्दी म्युजिक भिडियो सार्वजनिक


४ माघ २०७५, शुक्रबार
Shristi Khadka

काठमाडौं, ४ माघ । मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ‘कुच तो हे’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै म्युजिक भिडीयोहरुमा अभिनय गरिसकेकी छिन् ।

गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैले गएका हुन् । ज्योतिकाले बलिउडमा पल्लो लटके लगायतका हिट गीतहरु दिइसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताको चलचित्रमा गीत गाइसकेका छन ।

गीतलाई बजारमा जी म्युजिक कम्पनिले ल्याएको गीतमा अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द सुन्न सकिन्छ ।

गीतको भिडियोमा स्वप्निल जैसवालको निर्दशन, पबन गौतमको छायाँकन रीतु राणाको मेकअप कृष्ण रसलको कोरियोग्राफी र हैदिक सिंह रानको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७