तीन बालकका कारण समस्यामा म्याराडोना


२७ फाल्गुन २०७५, सोमबार
mayaradona 1

काठमाडौं, २७ फागुन । अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना अक्सर विवादमा आइरहने फुटवलर हुन् । विभिन्न संकटलाई झेल्दै आएका म्याराडोना यस पटक तीन बालका कारण विवादमा मात्र मुछिएका छैनन्, समस्यामै परेका छन् ।

mayaradona 1

क्युवेली सरकारले म्याराडोना तीन अनाथ बालकालिकाका पिता भएको पत्र काटेपछि उनी विवादमा परेका हुन् । सरकारीस्तरबाटै पत्र आउनुअघि म्याराडोनाले ती तीन बालकसँग आफ्नो कुनै सरोकार नहरेको दाबी गरेका थिए ।

तीन बालबालिकाले यसै महिना आफ्नो पिताको नाम राख्दा म्याराडोना राख्दा समस्या आएको हो । क्युवेली सरकारले यसको छानबिन गरेको थियो । अन्ततः क्युवेली सरकारले एउटा निष्कर्ष निकाली म्याराडोनालाई बालबालिकको स्वामित्व लिन पत्र काट्यो । यस पत्रपछि म्याराडोनालाई यो विवादबाट उम्किन सकस परेको छ ।

उनले यसका लागि आफ्ना वकिलसँग पनि कुराकानी गरिरहेका छन् । ‘शुरुमा उहाँ (म्याराडोना) ले तीन बच्चासँग कुनै सरोकार राख्नुभएन, तर अहिले उहाँ गम्भीर हुनुहुन्छ,’ स्वयम् म्याराडोनाका वकिलले एजेन्सीहरूलाई बताएका छन्, ‘समाधानका लागि म्याराडोना कानुनी बाटो अपनाउन तयार देखिनु भएको छ ।’ घुमाउरो रूपमा म्याराडोनाले ती तीन बालबालिका आफ्नै भएको वकिललाई बताइसकेका छन् ।

क्युवामा म्याराडोना दुईपटक लामो समयका लागि पुगेका थिए । सन् २००० र २००६ मा गरी दुईपटक उनी क्युवामा पुगेका देखिन्छन् । यसैक्रममा उनको सम्बन्ध ती बच्चाका आमासँग भएको अनुमान गरिएको छ । ‘उहाँ दुई पटक त्यहाँ (क्युवा) जानुभएको थियो,’ वकिल माटिस मार्लाले भने, ‘यसैबीचमा केही भएको हुनुपर्छ । ५८ वर्षीय विश्वकप च्याम्पियन कप्तान म्याराडोना अहिले नै ८ सन्तानका पिता हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७