सेवा विस्तारमा नेपाल टेलिकम आक्रामक बन्दै


९ पुष २०७४, आईतवार
kamini rajbhandari 9
नेपाल टेलिकमकी प्रवन्द निर्देशक कामिनी राजभन्डारी

काठमाडौं : नेपाल टेलिकमले आफ्नो सेवा विस्तारका कार्यक्रमहरु आक्रामक रुपमा अगाडि ल्याएको छ । प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको टेलिकम प्रवेशसँगै फोरजी सेवा, मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने, अप्टिकल फाइबरले सेवा पुर्‍याउने जिल्ला बाहेकका ग्रामीण भेगसम्म आफ्नो सेवा सर्वसुलभ बनाउने कार्यक्रमले ब्यापकता पाएको छ ।

kamini rajbhandari 9
प्रबन्ध निर्देशक कामिनी राजभण्डारी

टेलिकमको बहुचर्चित फोरजी सेवाको टेण्डरसँगै मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश नम्बर १, २ र ३ का ३५ जिल्लाका सदरमुकामका अलावा नगरपालिका, गाउँपालिकासम्म उक्त सेवा पुर्‍याउने लक्ष्य टेलिकमको रहेको टेलिकम स्रोतले बतायो । स्रोतका अनुसार उक्त सेवा विस्तारको कार्यक्रम अगाडि बढाउन गरिने टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथर जिल्लाको चियोभन्ज्याङदेखि पश्चिममा गोरखा र धादिङ जिल्लाको सीमाना आरुघाटसम्म कुल ८ सय चार किमी तथा उक्त मार्गको उत्तर–दक्षिण क्षेत्रको १५ सय ७२ किलोमिटरको सुपरलिंक गरी कुल २ हजार १ सय ७९ किमी अप्टिकल नेटवर्क सहित १०० जी क्षमताको पूर्वाधार २ बर्षमा निर्माण गरिनेछ । टेलिकमले लोकमार्गमा ९६ कोर गुणस्तरको अप्टिकल फाइबर बिछ्याउनेछ ।

टेलिकम स्रोतका अनुसार लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगर-गाउँपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरको हुनेछ । सरकारको ७७ जिल्ला सदरमुकाम र यस मार्फत् सम्पूर्ण नगर-गाउँपालिका, विद्यालय र स्वास्थ्यचौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुरायाउने नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात हुन लागेको हो ।

अप्टिकल फाइबर नेटवर्क, DWDM ट्रान्समिसन उपकरण र राउटर उपकरण आपूर्ति गर्नका लागि केहीको बोलपत्र आह्वान भइसकेको छ भने केहीको बोलपत्र आह्वान अन्तिम चरणमा पुगेको बताइन्छ । टेलिकमको उक्त अप्टिकल फाइबर बिछ्याउने कार्यको लागि आवश्यक रकम भने नेपाल दूरसंचार प्राधिकरणले उपलब्ध गराउनेछ । प्राधिकरणले उक्त रकम ग्रामीण दूरसंचार विकास कोष मार्फत् उपलब्ध गराउन लागेको हो ।

महिला प्रबन्ध निर्देशक पाएको टेलिकममा पछिल्ला समयमा सेवा र सुविधा विस्तार गरिने कार्यले ब्यापकता पाएको छ ।नयाँ संविधान कार्यान्वयनका सन्दर्भमा भएका पछिल्ला आम र स्थानीय निर्वाचनबाट स्थानीय तहले कार्य आरम्भ गरेसँगै टेलिकमले दिने सेवाको माग ग्रामीण भेगमा उच्च भएकै बेला सेवा र सुविधा प्रदान गर्न टेलिकमले आक्रामकम रुपमा कार्य प्रारम्भ गरेको हो । टेलिकम स्रोत भन्छ–प्रबन्ध निर्देशक राजभण्डारीले–‘राइट पर्सन, राइट प्लेस’को नीति लिएर कर्मचारी समेतलाई अहोरात्र खटाएर टेलिकमको सेवा विस्तारको अभियानलाई तीव्रता दिएकी छन् । जसका कारण सरकार नियन्त्रित संस्थान भइकन पनि नेपाल टेलिकम अन्य सरकारी संस्थानको तुलनामा अब्बल मानिंदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७