ब्याडमिन्टन टोली मलेसियातर्फ


२० माघ २०७४, शनिबार
ब्याडमिन्टन टोली मलेसियातर्फ

काठमाडौं: एसिायली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसियाको केदाह प्रस्थान गरेको छ ।ब्याडमिन्टन टोली मलेसियातर्फ

फेब्रुअरी ६ देखि १० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विकास श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नेपाल ब्याडमिन्टन संघका सचिव नवीन शाहका अनुसार प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहेको छ ।

सहभागी राष्ट्रलाई ४ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘बी’ दक्षिण कोरिया, जापान र काजकिस्तान छन् । टिम इभेन्टमा ३ सिंगल्स र २ डबल्समा खेल हुनेछ ।
टिम व्यवस्थापकमा ब्याडमिन्टन संघका सदस्य हिमाल शाह तथा प्रशिक्षकमा ब्याडमिन्टन मुख्य प्रशिक्षक सुदीप योञ्जन रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७