पत्रकार कार्कीलाई वडाध्यक्षले दिए ज्यान लिने धम्की


३ फाल्गुन २०७४, बिहीबार
lali 1

काठमाण्डौं, ३ फागुन : दैनिकी न्यूज डटकमका सम्पादक रामहरि कार्कीलाई गाउँपालिकाका वडाध्यक्षले दिएको ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आपति जनाएको छ ।lali 1

ललितपुर शाखाले आज एक विज्ञप्ती जारी गर्दै शाखाका कोषाध्यक्ष समेत रहेका कार्कीमाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले दिएको ज्यान मार्ने धम्कीको भत्र्सना गर्दै कार्वाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । गत २८ माघमा प्रकाशित समाचारको विषयलाई लिएर महाकांल गाउँपालिका–४ का एमालेबाट निर्वाचित वडाअध्यक्ष शान्ताप्रसाद गौतमले ज्यान मार्ने धम्की दिएका हुन् । कार्कीले ‘झोलामा कार्यालय, गाउँ नै जाँदैनन् जनप्रतिनिधि’ शीर्षकमा समाचार लेखेका थिए ।

वडाअध्यक्ष शान्ताप्रसाद गौतमले फागुन १ र २ गते ९८५१२२९२१८ नम्बरको मोवाइलबाट फोन गरी अश्लिल शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको कार्कीले बताएका छन् । धम्कीबारे महानगरीय प्रहरी वृत, सातदोबाटोलाई समेत जानकारी गराएको छ । प्रकाशित समाचारको विषयलाई चित्त नबुझे सम्बधित निकाय प्रेस काउन्सिल तथा अदालत जान पटक–पटक आग्रह गर्दा पनि वडाअध्यक्ष शान्ताप्रसाद गौतमले जहाँ भेट्यो त्यहाँ मारिदिने चेतावनी दिएको कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७