आयुष्मान–प्रियंका जोडी बाँधिदै


४ चैत्र २०७४, आईतवार
Priyanka AAYUSH copy

काठमाडौं, ४ चैत : प्रेम सम्बन्धका कारण सँधैं चर्चामा रहने नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की जोडी बाँधिने भएका छन् ।Priyanka AAYUSH copy

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध कोहीसामु लुक्न सकेको छैन । सामाजिक सञ्जाल, मिडियामा यी दुई आफ्नो प्रेमबारे खुलेर नै आइरहेका छन् । चलचित्र ‘कथा काठमाडौँ’ मा एकसाथ काम गर्न सुरु गरेका प्रियंका र आयुष्मान नयाँ चलचित्रको लागी अनुबन्धित भएका छन् ।pRIYANKA aayush1 copy 1

चलचित्र ‘चङ्गाचेट’ मा यी रियल लाइफ कपल अनुबन्धित भएको खबर बाहिरिएको छ । ‘चङ्गाचेट’लाई माधव वाग्लेले निर्माण गर्दैछन् भने दिपेन्द्र के खनालको निर्देशन रहने छ । यसै चलचित्रको लागी निर्देशक खनालले २५ लाख लिइएको खबर केही समय अघि बाहिरिएको थियो चलचित्रमा आयुष्मान र प्रियंकाको साथमा ऋचा शर्मा, रविन्द्र झा, सन्ध्या केसीको मुख्य भूमिका रहने बताइएको छ । चलचित्रको छायाङ्कन केही समयमा शुरु हुने बताइएको ।priyanka and ayushman

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७