मोटरसाइकल चट्ने दुवैलाई हेल्मेट


६ चैत्र २०७४, मंगलवार
helmet

काठमाडौं : मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने हेड इन्जुरी (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरुको भनाइ छ ।helmet

मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा। राजीव झाले बताएको समाचारमा उल्लेख छ ।

मोटराइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन् । महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ ।
यो समचार कान्तिपुर दैनिकले छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७