बागलुङ जाँदै गरेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते


६ चैत्र २०७४, मंगलवार
accident

 

बाग्लुङ: बागलुङको ढोरपाटन नगरपालिका(१ गरगरेमा मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।accident

रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस मंगलबार बिहान साढे चार बजे दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार १५ जना यात्रुहरुलाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेमध्ये एक जना भारतीय नागरिकको अवस्था गम्भीर छ । उनको शरीरमा ठूलो घाउ लागेको छ ।

रानाका अनुसार एकजना बृद्धाको अवस्था अज्ञात छ । उनले भने, ‘खोलामा खोजिरहेका छौ तर अझै भेटिएको छैन । अब मेसिन ल्याएर बस मुनि हेर्छौं ।’बस सडकबाट करिब २५ मिटर तल बडीगाड खोलामा खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७