श्रीया शरणले किन गुपचुपमै गरिन विवाह ?


६ चैत्र २०७४, मंगलवार
shriya saran saree HD

काठमाडौँ, ६ चैत्र(एजेन्सी) । बलिउड अभिनेत्री श्रीया शरणले गुपचुपमा बिहे गरेको खबर सार्वजनिक भएको छ । पछिल्लोपटक दृश्यम् फिल्ममा अजय देवगणकी पत्नीको भूमिका निर्वाह गरेकी श्रीयाले रुसी ब्याइफ्रेन्ड आन्द्रेई कोसेचिवसँग १२ मार्चमै बिहे गरेको भारतीय अनलाइन मिडियाको दाबी छ ।shriya saran saree HD

श्रीयाको बिहेमा बलिउडका केही सीमित कलाकर्मी मात्र सहभागी थिए । उनले मुम्बईको लोखन्डेवालास्थित अपार्टमेन्टमा बिहे गरेको बताइन्छ ।

उनको बिहेमा सवाना आजमी, मनोज बाजपेयीलगायतलाई मात्र बोलाइएको थियो । श्रीयाले आफ्नो बिहेलाई गोप्य राख्न चाहेकाले त्यसो गरेकी हुन् । उनीहरू हिन्दू संस्कारअनुसार बिहे गरेको बताइएको छ ।

सन् १९८२ को सेप्टेम्बर ११ मा जन्मिएकी श्रीयाले सन् २००२ मा ‘सन्तोष’ फिल्मबाट अभिनययात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘टंगोर’, ‘शिवाजी दी बोस’, ‘कंदस्वामी’लगायतका दक्षिण भारतीय फिल्ममा अभिनय गरिन् । उनले ‘मिसन इस्तानबुल’, ‘दृश्यम्’लगायतका बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् ।

श्रीयाका पति आन्द्रेई राष्ट्रियस्तरका टेनिस खेलाडीका साथै चर्चित रुसी व्यापारी हुन् । श्रीया आफ्नो निजी जिन्दगीबारे मिडियासँग कुरा गर्न मन पराउँदिनन् । त्यसैले उनले गुपचुपमा बिहे गरेको दाबी भारतीय सञ्चारमाध्यमको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७