अब मन्त्रीले भड्किलो प्रस्तुति र मद्यपान गर्न नपाउने


६ चैत्र २०७४, मंगलवार
pradesh 4
??????????????????????????????????????????????????????????

काठमाडौं: मन्त्रालयाको कार्यसम्पादनमा सहोयोग पुग्ने भन्दै प्रदेश नम्बर ४ ले मन्त्रीका लागि ३० बुँदे आचारसंहिता जारी गरेको छ । आज बसेको मन्त्रीपरिपद्को बैठकले मन्त्रालय ब्यावस्थित गर्न आचारसंहिता जारी गरेको हो । आचारसंहितामा मन्त्रीले भड्किलो प्रतुती र मद्यपान गर्न पनि रोक लगाएको छ ।

pradesh 4
तस्बिर: रासस

यस्तो छ ४ नम्बर प्रदेशले मन्त्रीको लागि जारी गरेको ३० बुँदे आचारसंहिता

१, मन्त्रिपरिषद्का सदस्यले नैतिकता र आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै काम कारबाही गर्न नहुने ।

२, कामकारबाही राष्ट्र र सर्वसाधारणको सेवामा केन्द्रित हुनुपर्ने ।

३, मन्त्रालयबाट गरिने कार्यसम्पादन संविधान र कानुनबमोजिम आमनागरिकको अपेक्षालाई ध्यानमा राखी गर्नुपर्ने ।

४, मन्त्रालयको कामका लागि प्रदेशसभा र मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने ।

५, मन्त्रिपरिषद्का सदस्यले प्रदेशसभाका सदस्यको राय, सल्लाह र सुझाव सुन्न सरल र प्रभावकारी व्यवस्था, कार्यसम्पादनको अभिलेखीकरण र संविधानको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने ।

६, मुख्यमन्त्रीले जारी गरेका निर्देशनको पूर्ण पालना र कार्यान्वयनको प्रगति विवरण दिनुपर्ने ।

७, ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक, आफूसँग सम्बन्धित व्यक्ति, संस्था वा पक्षलाई फाइदा पुग्ने र राज्य वा नागरिकलाई नोक्सान पर्नेगरी कामकारबाही गर्न गराउन नहुने ।

८, बैठकमा झुटो विवरण प्रस्तुन गर्न नहुने ।

९, जानकारी गोप्य राख्नुपर्ने ।

१०, भड्किलो प्रस्तुति र मद्यपान गर्न नहुने ।

११, मन्त्रिपरिषद्का सदस्यबीच हुने कुनै विवाद सञ्चारमाध्ययमा लैजान नहुने ।

१२, क्षेत्र, जातजाति, धर्म, वर्ण, लिङ्ग, सम्प्रदायबीचको सम्बन्धमा खलल हुने गतिविधि नगराउने ।

१३, विशेष कार्यक्रममा बाहेक विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको अनिवार्य स्वीकृति लिनुपर्ने ।

१४, भ्रमणमा राष्ट्रको नाममा प्राप्त अनुदान, पुरस्कार वा उपहार प्रदेश सरकारलाई बुझाउनुपर्ने ।

१५, स्वदेशी वातावरणमैत्री उत्पादनका सामग्री प्रयोग गर्ने ।

१६, आर्थिक मितव्ययिता, सेवा सुविधाका अवसरको बाँडफाँट गर्दा सामाजिक न्याय र समावेशीकरणसम्बन्धी राज्यको नीतिलाई अङ्गीकार गर्नुपर्ने ।

१७, मन्त्रालयको कामकारबाही सम्बन्धमा सार्वजनिक जानकारी लिन सुझाव तथा उजुरी पेटीका, हटलाइन टेलिफोन, इमेलजस्ता साधन प्रयोग गर्ने ।

१८, योग्य र क्षमतावान् स्वकीय वा निजी सचिव नियुक्त गरी उसको कामकारबाहीको सुपरीवेक्षण आफैँ गर्नुपर्ने ।

१९, कार्यक्रममा समयमै उपस्थित, कर्मचारीलाई स्वतन्त्रतापूर्वक काम गर्ने ।

२०, वातावरण, प्रदेश सरकारको आधिकारिक नीति तथा कार्यक्रम सरकारका प्रवक्तामार्फत सार्वजनिक गर्ने ।

२१, पदीय मर्यादा र अख्तियारको दुरुपयोग नगर्ने ।

२२, सम्पत्ति आर्जन गर्ने काम शून्य सहनशीलताको आधारमा गर्नुपर्ने ।

२३, सरकारी स्रोत र साधनलाई निजी, पारिवारिक उपयोग नगर्ने ।

२४, देश र जनताको गरिमा, मर्यादा र प्रतिष्ठालाई सम्झी काम, कर्तव्य र अधिकारको प्रयोग गर्नुपर्ने ।

२५, आफन्त, नातेदार र नजिकका साथीसँग विवाद वा सहयोगका विषयलाई प्रत्यक्ष असर पु¥याउने गरी आतिथ्यता, दान वा उपहार लिन नपाइने ।

२६, पक्षपात, भनसुन वा द्वेष र प्रतिशोधको भावना राख्न नहुने ।

२७, जानीजानी झुटो तथ्याङ्क र विवरण दिन नहुने ।

२८, क्षेत्राधिकार उल्लङ्घन हुने वा एक–अर्कामा घृणा र द्वेष पैदा हुनेगरी काम गर्न नहुने ।

२९, मन्त्रिपरिषद्का सदस्यको आचारण र व्यवहारलाई व्यवस्थित एवं पारदर्शी बनाई सक्षम र पारदर्शीरूपमा नैतिकता र मर्यादा कायम राखी असल शासन सञ्चालन गर्नुपर्ने ।

३०, सरोकारवाला र विज्ञसमेतसँग सार्वजनिक सुनुवाइ गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७