श्रीया रजकलाई ‘मिस नेपाल पिस’को उपाधी


१२ चैत्र २०७४, सोमबार
Miss Nepal Peace

काठमाडौं, १२ चैत । काठमाडौं लैनचौरकी २३ वर्षिया श्रीया रजकले यस वर्षको ‘मिस नेपाल पिस’को उपाधि जितेकी छन् । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँगको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगितामा २३ प्रतिष्पर्धीलाई पछि पार्दै पाँचौं संस्करणको प्रतियोगिताको उपाधि जितेकी हुन् । उनले ‘मिस फोटोजेनिक’को विधागत उपाधि पनि पोल्टामा पारिन्। Miss Nepal Peace

यस्तै उनले ताजसँगै ५० हजार रुपैंयाँ नगद पुरस्कार पनि पाइन् । साथै नेपाल नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको ‘गुडबिल एम्बसेडर’ बन्ने पनि अवसर पाएकी छन् ।

प्रतियोगितामा सुस्मिता बोगटी ‘फष्ट रनर अप’सँगै ‘बेस्ट पर्सनालिटी’ र जीना श्रेष्ठ ‘सेकेन्ड रनर अप’सँगै ‘ब्युटी विथ ब्रेन’ बने । उनीहरुले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कारसँगै विभिन्न उपहार प्राप्त गरे।

प्रतियोगितामा रिना थापामगर ‘मस्ट ट्यालेन्टेड’, गीता देवकोटा ‘बेस्ट वाक’, प्रमिला पण्डित ‘पब्लिक च्वाइस’, आरजु श्रेष्ठ ‘मस्ट चार्मिङ’, आस्मा प्याकुरेल ‘मस्ट डिसिप्लिन’, अनु कुमाल ‘बेस्ट नर्सिङ थिम ड्रेस’, सरिता राई ‘सोसियल्ली रेस्पोन्सिबल’ र साजन केसी ‘मस्ट पपुलर’ घोषित भए।

प्रतियोगिताको निर्णायकमा ‘मिस नेपाल वल्र्ड २०१६’ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, डा.लोचन कार्की, डा. सन्ध्या चापागाईलगायत निर्णायक थिए। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७