आलियाले पहिलो प्रेमबारे भनिन्,‘उसले यति धेरै माया गर्थे की म विवाह गर्न तयार थे’


२५ बैशाख २०७५, मंगलवार
Best Alia Bhatt Wallpapers Hot

काठमाडौं, २५ वैशाख । बलिउड अभिनेत्री आलिया भट्ट हालै आफ्नो पहिलो प्रेमबारे खुलासा गरेकी छिन् । उनले पहिलो प्रेम कहिल्यै भुल्न नसक्ने समेत बताएकी छिन् । उनले उनको प्रेमीसँग विवाह गर्न समेत तयारी भएकी खुलासा गरेकी हुन् । Best Alia Bhatt Wallpapers Hotबलिउड अभिनेत्री आलिया भट्ट ।

‘पहिलो प्रेम कहिल्यै पनि भुल्न सकिन्न । यसले जीवनमा ठुलो पाठ सिकाए ।’ आलिया भन्छिन,‘जब म १६ वर्षकी थिए तब एक व्यक्तिलाई प्रेम गर्थे । उसलाई यति धेरै माया गर्थे की उसँग विवाह गर्न म तयार रहेकी थिए । यतिमात्र होइन । उसको साथ बच्चासम्मको सपना देख्ने गरेकी थिए ।’

उनले थप्दै भनिन,‘हाम्रो रिलेशनसिप २ वर्षसम्म चल्यो र त्यसपछि सम्बन्ध कसरी टुट्यो मलाई पनि थाहा छैन । उसलाई म दुईवर्षसम्म डेट गरिरहे ।’

उनले हाल मिडियामा सिद्धार्थसँग प्रेम रहेको समाचारले हाँसोमात्र लाग्ने भएको बताइन् । उनले सिद्धार्थ आफ्नो मिल्ने साथी भएको र कहिल्यै पनि डेट नगरेको बताएकी छिन् । उनले जब साथीमात्रै थियो भने कुन ब्रेकअपको कुरा चलेको छ थाहा छैन बताएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७