प्रदेश २ का मुख्यमन्त्रीले जनकपुरबाटै गरे अमेरिकाको कार्यक्रम सम्बोधन


१३ जेष्ठ २०७५, आईतवार
lalbabu rauta

काठमाडौं १३ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लाबाबु राउतले अमेरिकामा भएको कार्यक्रमको सम्बोधन जनकपुरबाटै गरेका छन् । मुख्यमन्त्री राउतले मधेसी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्मेलनलाई भिडियो काफ्रन्सीङ गरेर सम्बोधन गरेका हुन् ।

lalbabu rauta
फाइल तस्बिर

शनिवार साँझ अमेरिकास्थित न्युयोर्कमा भएको सम्मेलनलाई मुख्यमन्त्री राउतले सम्बोधन गरेका हुन् । उनले संघीय सरकारले अमेरिका जान रोक लगाएपछि प्रदेश मन्त्रिपरिषद्कै कार्यालयबाट सम्मेलनको सम्बोधन गरेका हुन् ।

राउतलाई प्रदेशमा धेरै काम भएको भन्दै संघीय सरकारले उनलाई अमेरिका जान रोक लगाएको थियो । उनलाई सम्मेलनको प्रमुख अतिथिको लागि अमेरिका बोलाए पनि जान नपाएपछि उनले जनकपुरबाटै सम्मानलाई सम्बोधन गरेको हो । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राउतले नेपाल संघीयतामा प्रवेश गरिसकेकोले प्रदेश २ को विकासका लागि मधेसी एशोसिएसन इन अमेरिका ठुलो सह्यो आवश्यक्ता रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदे नम्बर २ मानवीय सूचांकमा पछाडि रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगारीका कारण प्रदेश २ मानवीय सूचांकमा पछाडिरहेको समेत बताए । उनले प्रदेश नम्बर २ समद्ध र विकसित बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७