प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषदले रोकिदिए


७ जेष्ठ २०७५, सोमबार
lalbabu rauta

काठमाडौं जेठ ७ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण अस्वीकृत भएको छ ।lalbabu rauta

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषदले पठाएको प्रस्ताव उपयुक्त नभएको भन्दै अस्वीकार गरेको हो ।
मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा राउत अमेरिका जान लागेका थिए । तर, प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट निर्माण र संगठनात्मक काम गर्नु पर्ने समय परेकाले जान अनुपयुक्त देखिएको सञ्चार राज्यमन्त्री गोलुक बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७