मासाफुमीले यसरी विताए निर्जन टापुमा २९ वर्ष


७ श्रावण २०७५, सोमबार
Japan nagasakii 2

काठमाडौं, ७ साउन (एजेन्सी) । जापानका एक नागरिकले निर्जन टापुमा २९ वर्ष बिताएका छन् । जापानका मासाफुमी नागासाकीले सन् १९८९ देखि सोतोबानारी टापुमा जीवन बिताइरहेका थिए ।Japan nagasakii 2

कुनै बेला मनोरञ्जनको क्षेत्रमा कार्यरत नागासाकी आधुनिक समाजबाट विरक्तिएका सन् १९८९ उक्त द्धिप पुगेका थिए । मुटु आकारको उक्त द्वीप आधा किलोमिटर मात्र फराकिलो छ ।

उनी उक्त द्धिपमा निर्वस्त्र बस्छन् । टापुमा कोही नभएका कारणले भन्दा पनि प्रकृतिले मानिसलाई निर्वस्त्र बस्न नै लगाएका कारण उनी त्यहाँ निर्वस्त्र भएका हुन् । उनी त्यहाँ पुगेको केही समयपछि द्वीपमा आएको आँधीले उनका सबै सामान उडाएपछि उनी निर्वस्त्र बस्न थालेका हुन् ।

उक्त द्धिप पिउने पानी र खानाको व्यवस्था नभएको उक्त द्विपमा उनलाई चाहिने खाना र पानी लिन भने उनी नजिकको मानवीय बस्ती पुग्थे ।

स्थानीय माझीहरू पनि जान डराउने उक्त द्वीपमा एउटा वृद्ध मानिस बसोबास गर्ने चर्चा चलेपछि सन् २०१२ मा उनको समाचार बाहिर आएको हो । एक पर्यटकले उनी बिमारी परेको खवर प्रहरीलाई सुनाएपछि हालै उनको उद्धार गरेर सरकारी अस्पतालमा र्पुयाइएको छ । Japan nagasakii 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७