कुन देशमा बस्छन् विश्वका सबैभन्दा धेरै अर्बपति ?

अमेरिकापछि चीनमा बस्छन्, विश्वका सबैभन्दा धेरै अर्बपति


२६ श्रावण २०७५, शनिबार
top rich of the world



काठमाडौं(एजेन्सी),  २६ साउन । विश्वको अर्बपतिहरुको पहिलो रोजाई उत्तर अमेरिकी महाद्वीप एक अध्ययनले देखाएको छ । एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलरभन्दा बढीको सम्पत्ति हुने मानिस अर्बपतिको सूचीमा सामेल हुन्छन् । यो बारेमा अध्ययन गर्ने नाइट फ्र्याङ्क एलएलपीलेका अनुसार ५० करोड डलर बराबरको सम्पत्तिका अधिकांश मालिकहरू उत्तर अमेरिकी महाद्वीपमा बस्छन् ।

Richest People in the World


‘रियल स्टेट’ तथा परामर्शदाता नाइट फ्र्याङ्क एलएलपील नामक एजेन्सीको स्थापना सन् १८९६ मा लण्डनमा भएको हो । यसको अध्ययन अनुसार त्यसमध्ये सबैभन्दा बढी (३१ दशमलव ८ प्रतिशत) अमेरिका र क्यानाडामा बस्छन् । त्यसपछि एशियामा २८ दशमलव १ प्रतिशत र युरोपमा २४ दशमलव ४ प्रतिशत बस्छन् । बाँकी १५ प्रतिशत मध्य एशिया, अष्ट्रेलिया, रुस र राष्ट्रमण्डलका स्वतन्त्र देश (सीआईएस), ल्याटिन अमेरिका र अफ्रिकामा बस्छन् । प्रतिवेदन तयार पार्न उक्त एजेन्सीले वेल्थ(एक्स नामक एउटा अन्तर्रा्ष्ट्रिय डेटा कम्पनीबाट जानकारी लिएको थियो।
उक्त डेटा कम्पनीले कैयौँ विलासी ब्राण्ड, गैरसरकारी तथा शिक्षण संस्थाहरूसँग काम गर्दै आएको छ । त्यसबाहेक प्रतिवेदनका लागि विश्वका पाँच सयभन्दा बढी ब्याङ्कहरूबारे गरिएको सर्वेक्षणबाट जानकारी लिइएको थियो । ती ब्याङ्कहरूले विश्वका ती ५० हजार मानिससँग पनि कारोबार गर्छन् जसको कुल सम्पत्ति ३ अर्ब डलरभन्दा बढी छ ।

कति कहाँ बस्छन् ?

top rich of the world


उक्त रिपोर्ट अनुसार बढी अर्बपति रहेका प्रमुख १० मुलुकमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानाडा, स्वीट्जरल्याण्ड, फ्रान्स, रुस, सीआईएस मुलुकहरू र ब्रिटेन रहेका छन् । अमेरिकामा चीनको तुलनामा १,३४० जना बढी अर्बपति छन् । अमेरिकामा अर्बपतिहरूको संख्या १,८३० छ । ११ औँ स्थानमा रहेको भारतमा २०० अर्बपति छन् ।

सन् २०१६ र २०१७ को बीचमा अर्बपतिहरूको संख्या सबैभन्दा बढी हंगकंगमा (२३ प्रतिशतले) बढेको छ। ब्रिटेनमा चार प्रतिशतले कम भएका छन् । भारतमा सन् २०१६ र २०१७ को बीचमा १८ प्रतिशतले अर्बपति बढेका छन् । हामी स्पष्ट रूपमा भन्न सक्छौँ कि अर्बपतिहरूसँग एकभन्दा बढी सम्पत्ति हुन्छ र उनीहरू विश्वका कैयौँ स्थानमा बस्छन् ।


दुईवटा नागरिकता
अन्तर्वार्तामा उनीहरूले ५० करोड डलरभन्दा बढी सम्पत्ति भएका आफ्ना सेवाग्राहीसँग कम्तीमा तीनवटा घर भएको बताएका थिए । उनीहरूमध्ये औसत चारवटा घर भएका अर्बपति सबैभन्दा बढी मध्य एशियामा भएको पाइयो भने सबैभन्दा कम घर अर्थात् औसत दुईवटा घर भएका अर्बपतिहरू अफ्रिकामा बस्ने गरेका छन् ।

यससम्बन्धी बुझ्न एजेन्सीले ५ सय प्राइभेट बैकर्ससँग अन्तर्वार्ता गरेको छ। उनीहरुले ५० करोडभन्दा बढी भएका ग्राहकहरुसँग कम्तिमा ३ घरहरु रहेको पाइएको जनाएका छन्। यसमा एक मुख्य घर र अन्य अतिरिक्त घरहरु सामेल छन्।

त्यसबाहेक अर्बपतिहरूसँग दुईवटा देशको नागरिकता हुने गरेको कुरा सामान्य भएको पाइएको थियो । सो प्रतिवेदन अनुसार रुसी ब्याङ्कका सेवाग्राहीमध्ये ५८ प्रतिशतसँग दुईवटा देशको नागरिक भएको पाइएको थियो ।

त्यस्तै ४१ प्रतिशत ल्याटिन अमेरिकी र ३९ प्रतिशत मध्य एशियाली अर्बपतिहरूसँग दुईवटा देशको नागरिकता भएको पाइएको थियो । नाइट फ्याङ्क एलएलपीले अर्बपतिहरूको आफ्नो सूचीमा १०० डलर बराबरको सम्पत्ति भएका २२०८ जनालाई समावेश गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७