अाजकाे राशिफल-वि.सं. २०७५ साल साउन २८ गते।


२८ श्रावण २०७५, सोमबार
rashifal today

अाजको पञ्चाङ्ग

वि.सं. २०७५ साल साउन २८ गते। सोमबार। इश्वी सन् २०१८ अगस्ट १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– द्वितीया, ११:१३ बजेउप्रान्त तृतीया। नक्षत्र– पूर्वफाल्गुनी, २३:०१ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– परिघ, ७:४७ बजेदेखि शिव, २९:०५ बजेउप्रान्त सिद्ध। करण– कौलव, ११:१३ बजेदेखि तैतिल, २२:१२ बजेउप्रान्त गर। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– सिंह, २८:४४ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४२ बजे र दिनमान ३२ घडी ५१ पला। 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । कुविचारमा मन जानेछ । सरकारी निकाएको भय रहनेछ । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुपर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । कृषि क्षेत्रमा सफलता पाईनेछ । शुभ समाचार सुन्न पाइएला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचल सम्पत्ती हातपर्ने योगछ । श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार सुन्न पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । नजिकका व्यक्तिबाट धोका पाइन सक्छ । लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) म र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । रोकिएको कार्य दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफूलाई अनुशासित र संयम बनाउनु पर्नेछ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आभूषण, श्रृङ्गार, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७