ज्योतिलाई भुमिकाले विकृती नल्याउन सुझाएकी गीत केही समयमै लोकप्रिय (भिडियो)


१ भाद्र २०७५, शुक्रबार
bhumika and jyoti magar

काठमाडौं, १ भदौ । गायिका भूमिका गिरीको तीजगीत ‘विकृति’ सार्वजनिक भएको केही समयमै लोकप्रिय बनेको छ । शुक्रबार सार्वजनिक भएको भिडियो केही समयमै लोकप्रिय बनेको हो ।

गीत ज्योती मगर र भूमिका गिरीको युगल स्वरमा तयार पारिएको छ । गीतका शब्द नेत्र अर्यालले लेखेका हुन भने लय खेम सेन्चुरीले तयार पारेका हुन ।

गीतको भिडियोमा भुमिका गिरी, ज्योति मगर, मालति घले, अञ्जीला वाइबा, सविता परियार र सीमा घर्तीको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन विष्णु शर्माले सम्पादन गरेका छन् ।

गीत सार्वजनिक गरिएको केही समयमै युटुव ट्रेण्डिङमा समेत पुगेको थियो । ज्योती मगर र भूमिका गिरीका वास्तविक जीवनका भोगाईहरु गीतको माध्यमबाट दर्शाउन खोजिएको छ ।

कुनै बेला अत्याधिक विवादमा आउने गरेकी गायिका तथा हट मोडल ज्योति मगरलाई गायिका गिरीले पहिरन देखि उनको रक्सीप्रतिको लगावले समाजमा ‘बिकृति’ ल्याउन सक्ने भन्दै त्यसो नगर्न सुझाएकी छन ।

ज्योतिका फ्यानहरुले ज्योतिलाई सुधार भएको देख्न चाहेको मनोविज्ञानलाई गीतका शब्दहरुमा उतारिएको छ । र निरन्तर रुपमा संस्कृति र लोक गीत क्षेत्रको विसकामा क्रियाशिल रहँदै आएकी नव गायिका गिरीले आफू पनि राम्रो काम गर्ने र अरुलाई पनि राम्रो कोर्णबाट लोक तथा दोहोरी गीत क्षेत्रको विकासमा लाग्ने आग्रह गरेको पाईन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७