हेमन्त शर्माको ‘माया प्रिती’ सार्वजनिक


५ भाद्र २०७५, मंगलवार
puspa and aachal

काठमाडौं, ५ जेठ । चर्चित गायक हेमन्त शर्माको ‘माया प्रिती’ बोलको गीत सार्वजनिक भएको छ । उनले आफनौ युटुयुब च्यानल मार्फत मंगलवार उक्त गीत सार्वजनिक गरेका हुन् ।

कम तर लोकप्रिय गीत सार्वजनिक गर्दे आएका शर्मा यो वर्ष लगातार आफनै च्यानल मार्फत गीत गरिरहेका छन् । यस अघि उनले ‘कुसुम’ र ‘पातली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

सार्वजनिक गीतमा गायक हेमन्त शर्माको स्वर र बिबि अनुरागीको संगीत रहेको छ । भने अमेरिकामा बस्दै आएका गीतकार मणिराज बस्नेतको शब्द रहेको छ ।

गीतको म्यूजिक भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी रहेको छ । भने गायक शर्माले पनि अभिनय गरेका छन् ।

भिडियोलाई बुद्ध थापाले खिचेका हुने भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७