चलचित्र ‘ब्ल्याक इयर’काे घोषणा, ३ वर्षपछि सुरेन्द्र बुढाथोकीको कमब्याक


७ भाद्र २०७५, बिहीबार
surendra budathoki

काठमाडौ, ७ भदौ । निर्माता योगेन्द्र पनेरुले ‘ब्ल्याक इयर’ फिल्मको बनाउने घोषण गरेका छन् । बिहिबार राजधानीको मैतिदेवी मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो ।


फिल्मलाई लक्षु गौतमले निर्देशन गर्ने छिन् । मल्टिस्टारर ‘ब्ल्याक इयर’मा मुख्य भुमिकामा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, ओकेश पनेरु, करुणा खड्का, देव सागर र पवन भटराई लगायतका लगायतका कलाकारहरुको अभिनय रहनेछ । भाद्र दोस्रो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ ।


वर्ष २०७६ को बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले नेपालमा ०७२ सालमा आएको भुकम्पको कथा चलचित्रमा समावेश गरिनेछ । फिल्मको कथा उकेश पनेरुले लेखेका हुन् ।

स्क्रिन प्ले र डाइलग पनि उनकै हो । फिल्ममा सुरेन्द्र बुढाथोकीको जोडी रश्मी शाह सँग बाँधिएको छ भने ओकेश पनेरु र करुणा खड्का लाई जोडीको रुपमा देख्न सकिनेछ । देव सागर र पवन भट्राई लगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ । यो चलचित्रमा रामेश्वर हुमागाईंको छायांकन रहनेछ । चलचित्रमा २ गीत रहनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७