मन्त्रीकै कमाण्डमा संविधान दिवसविरुद्ध जुलुस


३ आश्विन २०७५, बुधबार
juluss

काठमाडौं ३ असोज ।  संविधान दिवसको विरोधमा राजपाले निकालिएको जुलुसमा मन्त्रीले पनि साथ दिएका छन् । बुधवार प्रदेश नम्बर २ जनकपुरमा निकालिएको जुलुसमा प्रदेश मन्त्री सामाजिक विकास मन्त्री नवकिशोर साह संविधानको विरोध गर्दै जुलुसमा सहभागी भएको हो ।

पार्टीको निर्देशनमा जुलुसकाे कमाण्ड गरेर मन्त्री साहले संविधान विरोधको जुलुसमा सहभागी भएकाे हो । मन्त्री साह विरोध सभामा सहभागी हुन मोटरसाइकलमा चढेर जनकपुरको जनक चोक पुगेका हुन् । साहसँगै उनीसँगै राष्ट्रिय सभाका राजपाका सांसद बृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतका नेताहरू पनि विरोध सभामा सहभागिभइ संविधान दिवसको विरोध गरेका थिए ।

उक्त सभामा मन्त्री साह सशस्त्र प्रहरीका अंगरक्षक सहित सहभागी भएका थिए । विरोध सभामा मन्त्री साह पुगेपछि भेला भएका नेताकार्यकर्ताले कालो झन्डा बोकेर संविधान दिवसको विरोध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७