टुर्बोगको ड्रिम बिग प्रोजेक्ट सुरु,उत्कृष्ट १० गायक वा ब्याण्डको छनोट हुने


१३ कार्तिक २०७५, मंगलवार
Masthead 24ccc lMPuHvVEdk

काठमाडौं, कात्तिक १२ । टुर्बोगले ‘टुर्बोग ओपन सेसन्स्’को सफलता पछि ‘ड्रिम बिग प्रोजेक्ट’ ल्याउने तयारी गरेको छ।

ड्रिम बिग प्रोजेक्ट, टुर्बोग ओपन सेसन्स्को एउटा भाग हो। टुर्बोग ओपन सेसन्स्मा सर्वसाधारणले सांगीतिक प्रस्तुती देखाउने मौका पाउने छन् ।टुर्बोगको अन्तर्राष्ट्रिय सांगीतिक ट्रयाक ‘स्टे ओपन’को अवधारणालाई पछ्याउँदै टुर्बोग ओपन सेसन्स् सुरु भएको जनाइएको छ।युट्युब म्युजिक च्यानल, च्यानल आर्बिट्ररीसँग मिलि टुर्बोग ओपन सेसन्स्ले नयाँ कलाकारलाई मौका दिने उद्देश्य राखेको टुर्बोगले जनाएको छ।

सेसन्स्को सांगीतिक योजनाकार मनोज कुमार केसी रहेका छन्।योजनाका लागि वेभ र्पोटल तयार पारिएको छ जसमा, ईच्छुक गायक वा ब्याण्डले आफ्नो रचना वा अरु कलाकारको गीत प्रस्तुत गरी अपलोड गर्न सक्नेछन्।

अपलोड भएका सबै भिडियो मध्ये १० जना उत्कृष्ट गायक वा ब्याण्डको छनोट हुनेछ।छनोट भएका प्रतियोगीले काठमाण्डौ ज्याज कन्जरभेटरी र टुर्बोग ओपन सेसन्स्का संगीतकारसँग काम गर्ने मौका पाउने छन्।

छनोट भएका भिडियो च्यानल आर्बिट्ररी र टुर्बोग ओपन सेसन्स्को फेसबुक पेजमा अपलोड हुनेछ।

टुर्बोग ओपन सेसन्स् ‘हर्षको गीत’ बाट सुरु भएको थियो। हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युब च्यानल, ‘च्यानल आर्बिट्ररी’मा गीतहरु प्रदर्शन भईरहेको छन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७