यी हुन् बलात्कारदेखि ९० जनाको हत्या गर्ने खुंखार व्यक्ति, अन्ततः यसरी पछुताए


१७ मंसिर २०७५, सोमबार
Samuel Little iAQqlAwvXB

काठमाडौं, १७ मंसिर । अमेरिकामा ७८ वर्षीय एक हत्याराले जीवनको सन्ध्याकालमा आफ्ना सबै अपराध स्वीकार गरेका छन् ।

Samuel Little iAQqlAwvXB

यी सनकी हत्याराले अहिलेसम्म ९० जनाको हत्या गरिसकेको बताए । आफूले क्यालिफोर्नियादेखि फ्लोरिडासम्म हत्या गरेको उनले बताए । स्यामुएल लिटल नामक ती हत्याराको दिमागमा हत्याका तस्वीर अहिलेसम्म पनि ताजै छन् ।

उनले प्रायः सामाजिक र आर्थिक रूपमा विपन्न अश्वेत महिलालाई उनले तारो बनाउँथे । व्यावसायिक यौनकर्मी र नशाको लत लागेका महिलालाई उनले शिकार बनाउँथे ।

उनले सन् १९७० देखि १९८० सम्म धेरैजसो हत्या गरेका थिए । यी खतरनाक सिरियल किलरले हत्यापछि कुनै पनि प्रमाण छोड्दैन थिए ।

उनी आफ्नो शिकारलाई हिर्काएर बेहोश बनाउँथे । त्यसपछि हस्तमैथुन गर्दै उनी शिकारको घाँटी थिचेर मार्थे । प्रहरी अधिकारीहरूले उनका बयानको सत्यता जान्ने कोशिस गरिरहेका छन् ।

लिटलले चार दशकदेखि प्रहरीको पक्राउबाट बच्नका लागि देशभरि घुम्ने गरेको बताए । बाँकी जिन्दगी टेक्सासको जेलमा बिताउन चाहेको उनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७