भारतीय प्रम मोदीलाई ‘कार्टुन’ सँग तुलना, मोदीलाई होच्याएको भन्दै बनाइयो ‘मसला’


१७ मंसिर २०७५, सोमबार
modiapu2018 12 03

काठमाडौं, १७ मंसिर । अर्जेन्टिनामा गएको शनिबार सम्पन्न जी २० राष्ट्रको शिखर बैठकमा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा त्यहाँको टेलिभिजनले ‘अपु’ भनेपछि सामाजिक सञ्जालमा विवाद बढेको छ ।

modiapu2018 12 03

मोदी अर्जेन्टिनामा पुगेको दिन गत बिहीबार त्यहाँको टिभी च्यानल क्रोनिका टिभीले द सिम्पसन्स कार्टूनका पात्र अपुतर्फ इंगित गर्दै स्पेनिस भाषामा ‘लेगो अपु’ भनेको थियो ।

जसको अंग्रेजीमा अर्थ हो–‘अपु एराइभ्स’ । टेलिभिजनले एकातर्फ अपु कार्टून र अर्को तर्फ मोदी चढेको जहाजको फोटो राखेर समाचार दिएको थियो ।

अपु कार्टून भारतीय–अमेरिकी पात्रलाई सम्बोधन गर्ने गरी विगत ३० वर्षदेखि चल्दै आएको छ । उक्त कार्टून जातीय रुपमा होच्याउने हिसाबले बनाइएको भन्दै विगतमा आलोचना पनि भएको थियो । तर, अन्य केहीले भने त्यसले जातीय रुपमा होच्याउने भन्दा पनि प्रचार गरेको र चरित्र चित्रण नै भइरहेको जनाएका थिए ।

अहिले भारतमा पनि प्रधानमन्त्रीले आफ्नो इज्जत नराखेको र विदेशीले कसरी हेर्दा रहेछन् भन्ने कुरा अर्जेन्टिनाको टेलिभिजनले दिएको समाचारले पनि प्रष्ट गरेको भन्दै विपक्षीले मोदीविरुद्धको मसला बनाउन खोजेका छन् ।

मोदीका समर्थकले भने उनको बारेमा अर्जे्न्टिनामा त्यसरी समाचार दिइएकोमा आपत्ति जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७