नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घण्टा ढिलो


२४ मंसिर २०७५, सोमबार
NAC 6PPffL0TTh

काठमाडौं, २४ मंसिर । नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई-काठमाडौँ उडान चार घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ ।

NAC 6PPffL0TTh

दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापर्बाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो ।

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घण्टापछि उडान भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७