कुकुरमाथि सामुहिक बलात्कार, एक जना पक्राउ, एक जना फरार


१ पुष २०७५, आईतवार
dog

काठमाडौ, १ पुस । एक कुकुरलाई पटक–पटक बलात्कारपछि स्कुटरले घिसारेर हत्या गरिएको आरोपमा भारतको गजियाबादमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार छन् ।

dog

स्रोतका अनुसार गजियाबादका दुई पुरुषले कुकुरलाई बलात्कार गरेपछि स्कुटर पछाडि बाँधेको र नमरुञ्जेल घिसारिरहे । गजियाबाद पुलिसले एक आरोपीलाई शनिबार पक्राउ गरेको छ ।

सामाजिक कार्यकर्ता रुचिन मेहराका अनुसार मानिसहरुले दुई युवकले कुकुर घिसारिरहेको देखेपछि उनीहरुलाई दुबैलाई पक्राउ गर्न खोजेपछि एक जना भाग्न सफल भएका छन् ।

उनका अनुसार कुकुरको धेरैजसो छाला फुटिसकेका थिए । उनले भने, ‘हामीले कुकुर र आरोपीलाई पुलिस स्टेशन पुर्‍यायौं । मुद्दा दर्ता गरेपछि अपराधीलाई पक्राउ गरियो ।’

बरिष्ठ पुलिस अधिकारीले भने, ‘एक आरोपीको पहिचान मोहम्मद नफिसको रुपमा भएको छ, जो शहिद नगर निवासी हुन् । आरोपीले आफ्नो अपराध कबूल गरेका छन् । उनले आफ्नो सहयोगीको नाम मोहम्मद तोसिम बताएका छन् जो त्यसै इलाकाका निवासी हुन् । कुकुरलाई मार्नुअघि यी दुई आरोपीले कुकुरमाथि पटक पटक बलात्कार गरे ।’

सोधपुछको क्रममा आरोपीले कुकुरले इलाकामा थुप्रै मानिसहरुलाई टोकेकाले त्यसलाई इलाकाबाट बाहिर निकाल्न र पाठ पढाउनलाई स्कुटरमा घिसारेको पुलिसलाई जानकारी दिए । द पायनियरका अनुसार इन्सपेक्टर साहिबाबाद पुलिस स्टेशन रण सिंहले भने, ‘हामीले आरोपीलाई पक्राउ गरेका छौं र उसका आरोपी साथीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७