२०७५ पुस ४ गतेको तपाईको राशिफल


४ पुष २०७५, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्ने छन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउने छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनु पर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिने छन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले आम्दानी बढाउने छ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य कामलाई निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । तापनि मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । साथीभाइको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । व्यापारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सयोगीहरूले राम्रो फाइदा दिलाउने छन् । भाग्यले विभिन्न अवसर जुराउने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । तर विगतका कमजोरीमा सुधार आउने छ । लगनशीलताले लाभ दिलाउन सक्छ । पहिलेको सफलताले हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्ने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहने छ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । साना तिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइने छ । शुभ चिन्तकहरूको साथले कर्मयोग बलियो रहने छ । तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नैतिक संकटले सताए पनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । छोटो समयमा फाइदा उठाउन सकिने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ । उपहारले काममा उत्साह जगाउँला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् । परिवारजनको साथले उत्साह जगाउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला । आरिस गर्नेहरुले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन् । तापनि रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउने छ । चुनौती चिर्दै काम बनाउन सकिने छ । विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आँटले सजिलै लक्ष्यमा पुर्‍याउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । शुभ चिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दोहोर्‍याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनु पर्ने स्थिति आउन सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । तापनि भौतिक साधन जुट्नाले रोकिएका काम पुनः सुरु हुनेछन् । सेवामूलक कामबाट प्रतिष्ठा पाइने छ । रचनात्मक काममा जुट्ने समय छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ, आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्‍याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउने छ । मान सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७