प्रहरीले बरामद गरेर बुझाएको ४ किलो सुन राजश्वले भन्छ ‘धातु’ हो
काठमाडौं, ८ माघ । गत पुस १९गते प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।
बरामद गरेको सुनसहित तीन आरोपीलाई प्रदेश तीन कार्यलय हेटौँडाले र इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले सार्वजनिक गरेको थियो ।
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ तर राजश्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बरामद गरेको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।