यूएईमाथि नेपालको १ सय ६० रनको सानदार जित  


२४ भाद्र २०७६, मंगलवार
Nepal U19

काठमाडौं, २४ भदौ (एजेन्सी) ।  नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईमाथि सानदार जित हात पारेको छ । श्रीलंकामा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १ सय ६० रनको फराकिलो अन्तरको जित हात पारेको हो । 

२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । 

 नेपालले २० रनमा यूएईको पहिलो विकेट लिएका थियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो विकेट गुमाएको थियो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए ।

त्यसपछि ४८ रन हुँदा दोस्रो विकेट हात पारे । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे । नेपालले ६० रनमा तेस्रो र ७३ रनमा चौथो विकेट झार्न सफल भयो । नेपाल बलर पुर्ण रुपमा हावी भएको खेलमा युएईले एकपछि अर्को विकेट लिन सफल भए । युएईको स्कोर एक सय २१ रन हुँदा ८ विकेट झरेको थियो ।

सागरले १८ ओभरको चौथो बलमा अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २० औं ओभरको पाँचौ बलमा अनिस १२ रनमा आउट भए । पवन सरार्फले अल्सान शरफुललाई २१ रनमा क्याच आउट गराए यूएईको विकेट पतन निरन्तर जारी रह्यो । नेपाली बलर सामु कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर खुलेर खेल्न सकेनन् । 

त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । अन्तिममा रसिद खानले लगातार दुई विकेट लिएपछि यूएई एक सय २५ रनमा अलआउट भयो ।

नेपालको फराकिलो जितमा सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पवन सरार्फ, सुर्य तामाङ र राशिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरीले १ विकेट लिए ।

यसअघि नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो । पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए । चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।

त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेल ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।

सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए ।

आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पु¥याएका थिए । कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

 जवाफमा यूएई ३४ ओभर चार बलमा एक सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वाधिक २८ रन बनाए । यस्तै अलिसान सराफुले २१ रन जोडे । 

बलिङमा नेपालका सागर ढकालले तीन तथा रसिद खान, शुर्य तामाङ र पवन सराफले दुई दुई विकेट लिए ।  

समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७