लिभरपुलका मिडिफिल्डर फिलिप बार्सिलोनाले भित्र्यायो
काठमाडौं: बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ ।
२५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्यो ।
अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प गएका छन् । काउटिन्हो जनवरी २०१३ मा इन्टर मिलानबाट मात्र ८।५ मिलियन पाउण्डमा एन्पिmल्ड आएका थिए ।