डा केसीलाई उपचारका लागि वीर अस्पताल लगियो


२५ पुष २०७४, मंगलवार
1675088159gkc.

काठमाडौं: मंगलबार सर्वोच्च अदालतमा बयान नसकिएपछि डा.गोविन्द केसीलाई अदालतबाट वीर अस्पतालमा लगिएको छ। उनको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरी अस्पतालमा राख्न लागिएको हो।1675088159gkc.

अदालतको अपहेलना मुद्दामा डा.केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो। सोमबार बेलुका उनलाई सिंहदरबार वृत्तमा राखिएको थियो। पक्राउ परेपछि पनि उनले आफ्नो अनशन जारी रहेको भन्दै केही खाएका छैनन्। सोही कारण प्रहरीले नै उनलाई अस्पताल लगेको हो। मंगलबार बेलुका उनलाई अस्प्तालमै राख्ने सम्भावना छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७