खगेन्द्र विश्वकर्माको ‘रुमाल बोहनी’ सार्वजनिक
काठमाडौं, १६ चैत । खगेन्द्र विश्वकर्माको ‘रुमाल बोहनी’ सार्वजनिक भएको छ । गायिका टीका पुन र खगेन्द्र विश्वकर्माको स्वरमा रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा लोकेन्द्र जी सी को शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको छ ।
शीब बि.क.को निर्देशन रहेको गीतको भिडियोमा नेपालकै दोस्रो रेस्लर खेलाडीको रुपमा चर्चित साथै पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि व्यस्त रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलीको मुख्य अभिनय रहेको गीतमा रमेश थापा, लोमश शर्मा, अर्जुन गौतम र आर के परियारको पनि अभिनय रहेको छ ।
रोक कौशलको छायाांकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन रहेको छ, भने कोरियोग्राफर माधव श्रेष्ठले गरेका हुन् ।