२०७६ चैत २३ गते आइतबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा विस्तारै सफलता मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काम गरेर अरुको मन जित्न सकिने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । उपहार पाइने सम्भावना छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफन्तको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । पारिवारिक समर्थन पनि मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वित्तीय संस्थाबाट सहयोग पाईने छ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आकस्मिक धन लाभ हुनेछ । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश, जाँगर र हिम्मत बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग पाईने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य प्रति सजकता अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । आर्थिक संकट आउँला र कार्य क्षेत्र पनि संघर्षशील रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउँला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा विवाद आउँला । सामान हराउने वा नष्ट हुन सक्ने छ । स्वास्थ्य प्रतिकूल रहन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । मनपर्ने खानेकुरा खान पाईने छ । प्रेममा सम्बन्ध पनि राम्रो हुनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल