अब पानी पर्छ कि पर्दैन ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं, १३ असोज । हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले नेपालमा पनि मनसुन घट्दै गएको छ । नेपालमा मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् ।
आज प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली भई थोरे स्थानमा मात्र हल्का वर्षा हुनेछ मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
असोज १३ गते (मंगलबार)
दिउँसो- प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राति-प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
असोज १४ गते (बुधबार)
दिउँसो – प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति –प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
असोज १५ गते (बिहीबार)
दिउँसो-प्रदेश-१, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
राति- प्रदेश- १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।