हङकङमा ८ नयाँ संक्रमित थपिए, भौतिक दुरी कायम


२८ आश्विन २०७७, बुधबार
PCR Test Corona 1

हङकङ । मङ्गलबार हङकङमा आठ जना नयाँ कोभिड‑१९ सङ्क्रमित भेटिएको छ । । योसँगै सार्वजनिक भेलामा चार जनासम्म सहभागी हुन पाउनेलगायत भौतिक दुरी अर्को साता पनि कायम हुनेछ ।

माइक्रोबायोलोजिस्ट तथा सरकारका सल्लाहकारसमेत रहेका प्राध्यापक युएन क्वोक‑युङले मध्यम लक्षण भएका व्यक्तिलाई पनि अनिवार्य परीक्षण गराउनुपर्ने आव्हान गरेका छन् । भौतिक दुरीसम्बन्धी नियम आउने बिहीबारसम्म लागु हुनेछ ।

मङ्गलबार फेला परेका कोभिड‑१९ सङ्क्रमितमध्ये चारजनालाई स्थानीय रूपमै सङ्क्रमण भएको हो भने दुई जनाको श्रोत पत्ता लागेको छैन । सङ्क्रमणको श्रोत पत्ता नलाग्नेमा च्योङ क्वान ओका ६८ वर्षिय अवकाशप्राप्त व्यक्ति र सिटीप्लाजामा काम गर्ने ४८ वर्षिय पुरूष छन् । उनी अन्तिम पटक अक्टोबर ९ मा काम गर्न गएका थिए ।

चार जना सङ्क्रमित विदेशबाट आएका थिए। तीमध्ये एकजना जर्मनीबाट आएका कार्गो एअरक्र्यु, एक जना फिलिपिन्सका घरेलु कामदार, र दुई जना जना फ्रान्स र भारतबाट आएका हुन् । शहरमा हालसम्म ५,२०१ जना सङ्क्रमित छन् र १०५ जनाको मृत्यु भइसकेको छ ।

मध्यम लक्षण भएका व्यक्तिका लागि प्रस्तावित अनिवार्य परीक्षण कार्यक्रममा सहभागी हुन नमान्नेलाई कारवाही गर्ने अधिकार स्वास्थ्य तथा कानून नियामक निकायलाई दिनुपर्ने युनिभर्सिटी अफ हङकङका संक्रामक रोग विशेषज्ञ युएनले मङ्गलबार एउटा रेडियो कार्यक्रममा बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७