संसद विघटनविरुद्धको विरोध प्रदर्शन {भिडियो}
काठमाडौं, ११ फागुन । असवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै आन्दोलनरत नेकपा जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै प्रदर्शन गरिएको हो ।
आदिवासी जनजाति महासंघ, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपाल लगायतका संघ संगठनको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
उनीहरुले डम्फु बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नै भाषामा नारावाजी पनि गरेका थिए । रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएर असन हुँदै वसन्तुपर पुगेर कोणसभा परिणत भएको थियो ।
गएको पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष निरन्तर संघर्षमा छ ।
भिडियाे